२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


अमेरिकाबाट डिपोर्ट भइ नेपाल आएकालाई प्रहरीको जिम्मा


9.256k
Shares

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भइ आएका नेपालीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

बुधबार बिहान डिपोर्ट भएर चार्टर जहाजमा अमेरिकाबाट नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो ।

प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करी भए/नभएको विषयमा नयाँ तथ्य खुल्न सक्ने जनाएको छ । उनीहरूविरुद्ध उजुरी रहेको/नरहेको पुष्टि गरेर छाडिने प्रहरीले जनाएको छ । अमेरिका बस्न कुनै वैध कागजात नभएपछि अमेरिकाले उनीहरूलाई फिर्ता गरेको जनाइएको छ ।

अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता ३६ जना नेपाली डिपोर्ट भइसकका छन् ।