
काठमाडौं । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताउनुभएको छ ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेको र कारबाही भएको बतउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेका छन् । अनुसन्धान भएको छ । कानून बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन् ।’
गृहमन्त्री लेखकले आधारभुत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्