२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


राजसंस्था पक्षधर शक्तिहरुले राजधानीमा गरे वृहत् मोटरसाइकल र्‍याली


1.612k
Shares

काठमाडौं । राजसंस्थासहितको राजनीतिक प्रणाली पुनस्थापनाको माग गर्दै देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायले बुधबार राजधानीमा वृहत् मोटरसाइकल र्‍याली निकालेका छन् । नयाँ बानेश्वरदेखि दरबारमार्गसम्म गरिएको ¥यालीमा राप्रपाका नेता कार्यकर्तादेखि दुर्गा प्रसाईको समूह तथा अन्य राजसंस्था पक्षधर समूहहरुको समेतको सहभागिता थियो ।

हात हातमा राष्ट्रिय झण्डा र अनि राजसंस्थाको पक्षमा नारा घन्काउँदै राप्रपा तथा अन्य राजसंस्थावादी समूहहरुले निकालेको मोटरसाइकल र्‍यालीलेका थिए । राजसंस्थाप्रति आस्था राख्ने राजनीतिक कार्यकर्ता तथा सर्वसाधारण युवायुवतीको सहभागितामा नयाँ बानेश्वरबाट मोटरसाइकल र्‍याली सुरु गरिएको थियो । यसअघि देशका विभिन्न स्थानमा यस्तैखाले र्‍याली र प्रदर्शन गर्दै आएका राप्रपा र अन्य समूहहरुले राजधानीमा निकालेको आजको र्‍याली भने आयोजकहरुलाई उत्साह दिने खालेको देखियो ।

र्‍याली दरबारमार्गतर्फ अघि बढ्दै गर्दा ठूलो संख्यामा तैनाथ गरिएका सुरक्षाकर्मीले रोक्ने कोशिस पनि नगरेका होइनन् । तर र्‍यालीमा सहभागीहरुले सुरक्षाकर्मीको घेरा तोड्दै अघि बढेर नारायणहिटी दरबारको दक्षिणी गेटसम्मै पुगेका थिए । यसअघिका अभियानहरु भन्दा यस पटक फरकखालको दृष्य देखिएको छ । पहिले विभिन्न समूह र गूटमा विभाजित भएका राजसंस्था तथा हिन्दू राज्य पक्षधर शक्तिहरु अहिले एकजूट हुन थालेका छन् ।

पूर्वदेखि पश्चिमसम्म थुप्रै र्‍याली र प्रदर्शन गर्दै राजधानी प्रवेश गरेका राजसंस्था तथा हिन्दु राष्ट्र पक्षधर शक्तिहरुको यी अभियानहरुलाई संभावित आन्दोलनको पूर्व अभ्यासको रुपमा पनि लिने गरिएको छ । विभिन्न समूहमा विभाजित शक्तिहरु एकजूट हुन थालेको जिज्ञासामा उनीहरुको धारणा राजा ल्याउने छ ।

गणतान्त्रिक व्यवस्थाको अभ्यासले जनतालाई सन्तुष्टी दिन असफल भईरहेको तथा देशमा झन् पछि झन् संकटहरु बढ्दै गर्दा नागरिकमा चरम निराशा ब्याप्त छ । बढ्दो बेरोजÞगारी, मूल्यवृद्धि, युवाहरुको विदेश पलायन, भ्रष्टाचार जस्ता विकृतिले उत्पन्न गरेको निराशाका बीच पूर्वराजा ज्ञानेन्द्रले देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वान गर्दा पनि वर्तमान रराजनीतिक व्यवस्था विरोधीहरुको आत्मबल बढेको महसुश गर्न थालिएको छ ।