२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा


559
Shares

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानको लाहोरमा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले फाइनलमा स्थान पक्का गरेको हो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायो । उसका लागि रचिन रविन्द्रले १ सय ८ तथा केन विलियाम्सनले १ सय २ रन जोडे ।

जवाफमा ३ सय ६३ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित सय रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डले आइतवार दुबईमा हुने फाइनल खेलमा भारतको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै भारत फाइनलमा पुगेको थियो । समूह चरणको खेलमा भारतले न्युजिल्यान्डलाई हराएको थियो ।