२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


पाकिस्तानमा विस्फोट हुँदा ४ को मृत्यु, ५ घाइते


325
Shares

एजेन्सी । पाकिस्तान बलूचिस्तान प्रान्तमा विस्फोट हुँदा ४ जनाको मत्यु भएको छ । प्राय सधै अशान्त रहने बलुचिस्तानको बजार क्षेत्रममा रोकिराखेको एउटा मोटरसाइकलमा गराइएकोे विस्फोटबाट अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । विस्फोट भएको ठाउँमा रहेको केही सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसैबीच बलूचिस्तानका मुख्यमंत्री मीर सरफराज बुगतीले घटनाको निन्दा गदै विस्फोट गराउने संलग्न जो कोहीलाई कडाभन्दा कडा सजाय दिने दावी गर्नुभएको छ । साथै उहाँले घाइतेहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आदेश जारी गर्नुभएको छ ।