२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल


1.456k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताउनुभएको छ ।

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरुलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरुको मनोबल घटाउनुभएको हो ।

महोत्तरीमा न्युज एजेन्सी नेपालका संवाददतासँगको कुराकानीमा अध्यक्ष ढकालले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवद्र्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पु¥याउनु गलत भएको बताउनुभयो । उहाँले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गर्नुभयो ।

अध्यक्ष ढकालले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताउनुभयो । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्न बन्ने दाबी गर्नुभयो । उहाँले केही राजनीतिक दल र व्यक्तिहरुले गर्दा केबलकार निर्माणमा बाधा पु¥याइरहेको बताउनुभयो । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘त्यो आयोजनाले कोशी प्रदेशको मात्र नभइ समग्रमा पर्यटनमा मेघा प्रोजेक्टको रुपमा आउन खोजिएको छ । यसले हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानीकर्तालाई आउन आग्रह गरिरहेका छाँै भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नका लागि आम नेपालीलाई सर्भिस दिने हिसाबले खोजिएको छ । त्यसको विरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरुलाई पछि गएर यो पछुतो हुनसक्छ ।’

पाथीभरामा केबलकार बनाउनुपर्ने माग स्थानीयको छ । यसले तीर्थालु र भक्तजनहरुलाई दर्शनका लागि सहज मार्ग हुनुका साथै स्थानीयले रोजगारी पाउने अवसर दिनेछ । तीर्थालु र भक्तजनमात्रै नभइ आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर स्थानीयको छ । केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा हुने स्पष्ट छ । -न्युज एजेन्सी नेपाल