२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


गोली हानेर गाजा तस्कर पक्राउ


988
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा प्रहरीले बिहीबार बिहान २ सय ३० केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–२० को जंगलमा प्रहरीले गाजा बरामद गरेको हो ।

धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाजा बोकेर आउँदै गरेका आठजनाको समुहले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुवँर नेतृत्वको टोलीले गोली हानी तस्करहरुलाई नियन्त्रणमा लिएको हो ।

नौजाना तस्करहरुले नौ भारी गाजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै गर्दा बिष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो ।

गाजा तस्करी गर्ने मुख्य नाइकेले स्थानीयलाई केही रकम दिएर गाजा धरान पुर्‍याउन लगाएको बुझिएको छ । प्रहरीने धनकुटाको साँघुरीगढी नगरपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई नियन्त्रणमा लिएको छ ।

गाजा तस्करीमा संलग्न अन्य सात जना फरार रहेकाले उनीहरुको पहिचान गरि फरार प्रतिबादीबनाएर मुद्दा चलाउने प्रहरीको तयारी छ । रातिको समय भएको र जंगल क्षेत्र भएकाले सबै गाजा तस्करहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

सुनसरी प्रहरीले गाजा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन राजमार्गहरुमा कडा निगरानी बढाएपछि तस्करहरुले जंगलको बाटो प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताउनुभयो ।