२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : सभापति सिंह


325
Shares

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताउनुभयो । उहाँले उर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सभापति सिंहले अहिलेका शासकहरुले पानीको महत्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरु सुक्दै गएको बताउनुभयो । मानव निर्मित तालहरुको पानी सुख्खायाममा जहाँपनि प्रयोग गर्दा सजिलो हुने भएपनि त्यसतर्फ सरकारले ध्यान नदिएको उहाँको भनाइ छ ।

सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरु समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।