२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका छन्, विकास विरोधीहरुलाई चिन्ने बेला आयो : मन्त्री भण्डारी


962
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास विरोधीहरुलाई चिन्ने बेला आएको बताउनुभएको छ ।

बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै मन्त्री भण्डारीले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरु विकास विरोधी भएको बताउनुभयो । उहाँले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको विरोधमा स्थानीयहरु भन्दा अरु नै लागेको बताउनुभयो ।

मन्त्री भण्डारीले विषय एकातिर तर अर्को विषय झिकेर बिरोध गरिरहेको भन्दै स्थानीयहरुले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताउनुभयो । उहाँले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय विस्तार गरेको दाबी गर्नुभयो । विकासका कार्यक्रमहरुले स्थानीय समुदायहरु नै लाभान्वित हुने भएकाले स्थनीयले स्वागत गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौति दक्ष श्रमशक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको बताउनुभयो । उहाँले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताउनुभयो । त्यसलाई ध्यान दिएर सरकारले फागुन २६ र २७ गते श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढ्ने गरी सम्मेलनको आायेजना गरेको बताउनुभयो ।