२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैन : अर्थमन्त्री पौडेल


338
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्थाकै आधारमा आएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ माथि सदस्यहरुले उठाएका प्रश्नमाथि जवाफ गर्दै अर्थमन्त्री पौडेलले अध्यदेशले कानूनी व्यवस्था र राष्ट्रिय सभाको नियमावलीलाई उल्लंघन नगरेको दाबी गर्नुभयो । उहाँले अर्थ समितिमा विचाराधिन रहेको अध्यादेश फिर्ता लिने र अध्यादेश जारी गने निर्णयसँगै गरेको बताउनुभयो । उहाँले संसद नचलेको बेलामा सरकारलाई अध्यादेश जारी गर्न कुनै कानून वा नियमावलीले नरोकेको दाबी गर्नुभयो ।

अर्थमन्त्री पौडेलले अहिलेको समय सिफ्टमा आधारित भएर २४ सै घण्टा काम गर्न सकिने समय भएको बताउनुभयो । उहाँले प्रतिपक्षीहरुले काम गर्ने समयका बारेमा दिन र रातको कुरा गरेर विधेयकमाथि सस्तो टिप्पणी गरेको आरोप लगाउनुभयो ।

अर्थमन्त्री पोडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन नरहेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन सक्ने बताउनुभयो ।