२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


‘निकासी पैठारी विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत


312
Shares

काठमाडौं । ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहने सांसदलाई संघीय संसद सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिनुभयो ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका गुर्नभएको थियो ।

मन्त्री भण्डारीले विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ समेत दिनुभएको थियो ।