
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित वस्तुहरुलाई विश्व बजारमा पुर्याउन आन्तरिक लगानीको प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँलै मन्त्री भण्डारीले यस्तो बताउनुभयो । उहाँले बढ्दो आयात असन्तुलनलाई व्यवस्थित गर्न निकासी पैठारी विधेयक ल्याइएको बताउनुभयो ।
मन्त्री भण्डारीले वस्तु निर्यात गर्न नसक्नुका कारणबारे विधेयकको दफावार छलफलका क्रममा निक्र्यौल गर्दै विधेयकलाई थप समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा कर बढी लगाउँदा नेपाली बजारमा वस्तुको भाउ महंगो हुने गरेको उल्लेख गर्नुभयो । उहाँले २०१३ सालमा बनेको ऐनलाई थप समृद्ध बनाउँदै आजको आवश्यकताअनुसार विधेयक ल्याइएको बताउनुभयो ।
विधेयकले नेपाली वस्तु तथा सेवाको वस्तु निर्यातमा सहजिकरण गर्ने मन्त्री भण्डारीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्