
काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताउनुभएको छ. । उहाँले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको बताउनुभयो ।
मन्त्री भण्डारीले रोजगार महाशाखाको नेतृत्वमा आगामी दशकलाई उद्यमशील समाज निर्माण गर्ने बताउनुभयो । रोजगार सम्मेलनमा उद्यमशीलताका आधारमा रोजगारी सिर्जन गर्ने विषयमा छलफल हुने उहाँको भनाइ छ ।
सम्मेलनमा रोजगारी र उत्पादनशिलतामा सम्बन्धित तीनै तहका सरकार,निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी, अनुसन्धानकर्ता, विज्ञ विकास साझेदार, गैरसरकारी क्षेत्रका गरी पाँच सय युवाको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्