१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हो : मन्त्री सुडी


0
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री सुडीले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनुभयो । उहाँले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताउनुभयो ।

मन्त्री सुडीले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताउनुभयो । पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गर्नुभयो । यसलाई हटाउन सरकार लागिरहेको उहाँको भनाइ छ ।

मन्त्री सुडीले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गर्नुभयो । उहाँले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताउनुभयो । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने बताउनुभयो ।