
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनुभयो ।
उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनुभयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्नसकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्