२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज : भारत र न्युजिल्याण्ड भिड्दै


1.638k
Shares

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज हुँदैछ । युएईको दुबाईमा हुने खेलमा उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दैछन् ।

दुबाई अन्तराष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आइतबार दिउँसो पौने ३ बजे यो खेल शुरु हुनेछ । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड तथा अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा पुगेका हुन् ।

समुह चरणको खेलमा भारतले न्युजिल्याण्डलाई ४४ रनले हराएको थियो । भारत आज सोही लय दोहो¥याउन चाहन्छ भने न्युजिल्याण्ड उक्त हारको बदला लिदै उपाधि हात पार्न चाहन्छ ।

सन् १९९८ मा शुरु भएको च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि अहिलेसम्म भारतले दुई पटक जितेको छ भने न्युजिल्याण्डले एक पटक जितेको छ ।