२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि


0
Shares

काठमाडौं । भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबाइमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । उसका लागि ड्यारिल मिचेलले ६३ रन तथा माइकल ब्रेसवेलले अविजित ५३ रन जोडे ।

भारतका वरुण चक्रवर्ती र कुलदिप यादवले २–२ विकेट लिए । जवाफमा २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन जोडे ।

यो जितसँगै भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले दुई पटक उपाधि जितेको छ भने न्युजिल्याण्डले एक पटक उपाधि जितेको छ ।