
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार उक्त पार्टीले आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरले जरिवाना गरेको हो ।
महानगरले राप्रपाको नाममा पत्र काट्दै कार्यक्रममा सहभागी व्यक्तिहरुबाट बिमानस्थल, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्डमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको भन्दै जरिवाना गरेको उल्लेख गरेको छ । उक्त पत्रको बोधार्थ निर्वाचन आयोग नेपाल र काठमाडौं महानगरको प्रशासन विभागलाई पनि दिइएको छ ।
यसअघि सत्तारुढ दल नेकपा एमालेको दरबारमार्गमा भएको कार्यक्रमका क्रममा पनि फोहोर भएको भन्दै महानगरले उक्त दललाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्