२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिरियाको हिंसा नियन्त्रण बाहिर


962
Shares

एजेन्सी । सिरियाका नेता अहमद अल-शाराले सर्वसाधारणलाई हानी पुर्‍याउने जो कोहीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।

सिरियाली सुरक्षा बलले धार्मिक अल्पसंख्यक समुह अलावाइटका सयौं नागरिकलाई मारेको आरोप छ । सिरियाको पश्चिमी तटमा अलावाइटहरूलाई लक्षित गरी मच्चाएको नरसंहारमा एक हजारभन्दा बढी नागरिक मारिएका छन् ।

गत डिसेम्बरमा बसर अल–असदलाई पतन गराइ सत्ता कब्जा गरेका प्रभावशाली नेता शाराले असदका वफादारहरूलाई खोजी खोजी कारवाही गरिरहेका छन् ।

मानवअधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ले सिरियामा हालै भड्केको हिंसामा सुरक्षा बलका २ सय ३१ सदस्य र असद समर्थक २ सय ५० लडाकुको मृत्यु भएको दाबी गरेको छ । गत बिहीबार सरकारी सेनामाथि बसर अल असद समर्थकले आक्रमण गरेपछि हिंसा शुरु भएको हो ।

यसैबीच देशमा भड्केको हिसांको बिरोधमा सयौं सिरियालीहरू दमास्कसमा भेला भई प्रदर्शन गरेका छन् । हिंसाका बीच हजारौ मानिस पलायन समेत भएका छन् ।