१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जसपा नेपालले पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै


208
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्दैछ ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

जातीय, सामुदायिक तथा लैङ्गिक समावेशितालाई आधार मानेर पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको हो ।

संशोधित विधानअनुसार जसपा नेपालले दुई जना उपाध्यक्ष, एक जना महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने बताइएको छ ।

संशोधन भएका धारा अनुसार संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको हो ।