६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महिला न्यायाधीश भएर मात्रै हुँदैन, साहस र क्षमता हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


676
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउनुभयो । उहाँले महिला न्यायाधीशमा क्षमता र साहस हुन जरुरी रहेको बताउनुभयो । उहाँले न्यायाधीशले धेरै अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताउनुभयो । उहाँले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताउनुभयो । आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले ‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । साहस हुनैपर्छ । अध्ययन त दिनरात गर्नैपर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन ।’ भन्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताउनुभयो । उहाँले एउटा न्यायले सबैको विकास हुुने बताउनुभयो ।