३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा विरोध सभा गर्ने


2.314k
Shares

काठमाडौं । समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनुभयो. ।

प्रवक्ता विश्वकर्माकाअनुसार आउँदो चैत १ गते बिहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मलेनको आयोजना गर्दै जनतामा गणतन्त्र विरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णय समेत भएको छ । उहाँले बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भिर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको बताउनुभयो । मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध गम्भिर षड्यन्त्र शुरु निष्कर्ष समेत बैठकले निकाले उहाँले बताउनुभयो ।

प्रवक्ता विश्वकर्माले संविधान र लोकतन्त्र विरोधी कामहरु वामपन्थी र कम्युनिष्टहरुको लागि सह्य नभएको समेत बताउनुभयो ।