२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘प्याब्सन’को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण लिए


819
Shares

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन)को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

बुधबार काठमाडौंमा भएको २६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने बताउनुभयो । उहाँले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गर्नुभयो । हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताउनुभयो ।

अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गर्नुभयो । प्याब्सनको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, तथा केन्द्रिय सदस्यहरुमा प्रल्हाद खनाल र कर्मवाङ्गेल लामा निर्वाचित हुनुभएको छ ।