२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संसदीय समितिद्वारा पुरानो प्रतिनिधि सभा भवनको स्थलगत अनुगमन


156
Shares

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुननिर्माणको बारेमा जानकारी लिएको छ ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारस्थित ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन)को प्रत्यक्ष अवलोकन एवं निरीक्षण गरेर निर्माण प्रगतिबारे जानकारी लिएको हो ।

सो अवसरमा समितिका सभापतिसहित सदस्यहरु र समितिका सचिवको उपस्थिति रहेको थियो ।