२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको हो : मन्त्री अधिकारी


806
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले प्रचलित कानूनमा आवश्यक संशोधन गरी सहकारी बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले विधेयकले तीन तहको सरकारबीच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गर्नुभयो ।

मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन उक्त विधेयक सहयोगि हुने बताउनुभयो ।