
काठमाडौं । थकाली समुदायको सबैभन्दा ठूलो पर्व तोरल्न अर्थात होली देशविदेशमा रहेका थकालीेहरुले धुमधामका साथ मनाउदैछन् ।
फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ । यो पर्वमा घरबाहिर रहेका, विदेशमा रहेकाहरु पनि आफ्नो थातथलो फर्केर परिवारसँग तोरल्न अर्थात फागु पूर्णिमा मनाउने गर्दछन् । त्यसैले यो पर्वलाई पारिवारिक मिलनको रुपमा पनि लिइने तारा उपसमिति पोखराका अध्यक्ष अशोक शेरचनले जानकारी दिनुभयो ।
विशेषगरि मध्यरातमा आफ्नो परम्परा अनुसार आफ्ना दिवङ्गत पितृको उद्दारमा पितृ पुज्ने, आफ्ना पितृहरुको सम्झना गर्दै छोरी ज्वाँई, भाञ्जाभाञ्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको शेरचनले बताउनुभयो ।
यस्तै सामुदायिक घरमा आफ्नै मौलिक भेषभुषामा सजिएर भेला भएका पुरुषहरूले तिर हान्ने, महिलाहरू मनोरञ्जनका लागि कौडा खेल्ने र नाचगान गरेर तोरल्न मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्