१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


मारवाडी समुदायले पनि मनाए होली पर्व


1.404k
Shares

काठमाडौं । मारवाडी समुदायले पनि काठमाडौंको भृकुटीमण्डपमा हर्षोल्साससाथ होली पर्व मनाएको छ ।

मारवाडी संस्कृति, परम्परा अनुसार ढोलक र विभिन्न बाजागाजासहित खुशीयाली साटासाट गर्दै उनीहरुले होली मनाएका हुन ।

मारवाडी युवा मञ्च, मारवाडी सेवा समिति नेपाललगायत मारवाडी समूदायले आयोजना गरेको होली यो समूदायले विशेष चाडको रुपमा लिने गर्दछन् । मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालले संस्कृतिको संरक्षण गर्दै एकापसमा खुशी साटासाट गरेर मारवाडी समुदायले होली मनाउने गरेको बताउनुभयो ।

होलीमा भारतको राजस्थानबाट आएको समूहले होलीलाई रंगिन बनाएको थियो । होलीमा मारवाडी समुदायको सांस्कृति र पहिचान झल्कने संगित र नृत्य प्रस्तुत गरीएको थियो । होली खेल्नेहरु मारवाडी समुदायको पहिरनमा सजिएका थिए ।

काठमाडौंको बसन्तपुरमा विभिन्न रंगीचंगी कपडाले सजिएको चीर ठड्याएपछि सुरु हुने होली पर्व आज राति टुँडिखेलमा चीर दाह गरेपछि समापन हुन्छ ।