
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यो भन्दा अघि उच्च मूल्य कायम हुँदा गत फागुन १३ गते तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरि चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारेबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्