१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी


104
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोबास गर्ने समूदायहरुको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गर्नुभयो । उहाँले प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरु आज विविध मुलुकका नागरिक भएतापनि हामी बीचमा सभ्यताकोसाझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको बताउनुभयो । उहाँले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरु रहेको उल्लेख गर्दै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचिन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको उल्लेख गर्नुभयो । यही भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादूर्भाव र विस्तार भएको उहाँको भनाइ छ । आउँदो आईतवारसम्म चल्ने सम्मिलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्याण्डमा बसोबास गर्ने नेपाली सहभागीहरुको समेत सहभागिता रहेको छ ।