१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक : लोहनी


728
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष लोहनीले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको आरोप लगाउनुभयो ।

पूर्वअध्यक्ष डा. लोहनीले नेपालका सञ्चारमाध्यमहरुले सान्दर्भिक विषयमा समाचार संप्रेषण नगरेर पक्षपाती व्यवहार गरेको आरोप लगाउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई जनताले गरेको स्वागतलाई ठूला मिडियाले स्थान नदिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।