१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा छ : अध्यक्ष लिङ्देन


468
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले राजसंस्था र प्रजातन्त्र एकआपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम हुने जिकिर गर्नुभयो ।