
काठमाडौं । युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा नेपालले हङकङविरुद्ध सान्त्वना जित हात पारेको छ ।
आज भएको खेलमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङमाथि ६ विकेटले जित निकालेको हो ।
१ सय ५ रनको लक्ष्य पच्छ्याएको नेपालले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । खड्काले ४३ बलमा ४७ रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेटको क्षतिमा १ सय ४ रन बनाएको थियो । फाइनलमा पुग्न असफल नेपालको ६ खेलमा यो दोस्रो जित हो । नेपालले यसअघि युगान्डालाई पराजित गरेको थियो ।
अब नेपालले आइतबार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्