२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


दरबारमार्गमा प्रत्येक शनिबार निःशुल्क मोही


4.927k
Shares

काठमाडौं । नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङमा ‘प्रभात मोही’ सुरुवात गरेको छ ।

शनिबार पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारको ओरियन्ट होटलबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता सो अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष एवं मोही अभियानका प्रमुख ब्याक्तित्व प्रल्हाद दाहालले एउटा ठूलो सपना मोहीलाई ब्राण्डिङ गरि हरेक उपभोक्ताको हात हातमा पु¥याउने लक्ष्य पूरा भएको बताउँदै सबैलाई ढुक्क भएर बजारमा उपलब्ध मोही उपभोग गर्न अनुरोध गर्नुभयो ।

उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले नेपाल डेरी एसोसिएसनले दुध तथा दुग्ध पदार्थ विविधीकरण गरि बजारमा पु¥याउन धेरै ठूलो मिहिनेत गरेको बताउनुभयो । केन्द्रिय सदस्य कमला श्रेष्ठलेले उद्योग वाणिज्य महासंघमा रहेका वस्तुगत सदस्यमा डेरी एसोसिएसन सबैभन्दा अग्र स्थानमा रहि काम गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले गरेका कामकारबाहीमा को प्रशंसा गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आज धेरै वर्षपछि यसरी ठेकीमा प्रत्यक्ष मोही तुल्याउँदा गाउँघरमा बुवा, आमा, हजुरबुबा, हजुरआमाले मोही तुल्याएको याद आएको कुरा स्मरण गराउँदै उद्योग वाणिज्य महासंघले “एक गाउँ एक उत्पादन“ कार्यक्रम ल्याई मौलिक उत्पादनको संरक्षण गरेको कुरा बताउनुभयो ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान अहिले देशभरि फैलिएको र यसैको प्रभावले बाहिर जिल्ला एवं आज ललितपुर औद्योगिक क्षेत्र पाटनमा रहेको नव प्रभात डेरी उद्योगले “ प्रभात मोही“ बजारमा ल्याएकोमा शुभकामना दिंदै आम उपभोक्ताको मन जित्दै गुणस्तरमा ध्यान दिन डेरी उद्योगलाई सुझाव दिनुभयो ।

डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष दिपक ढुंगाना लगायतले दुग्ध क्षेत्रको बारे बताउँदै अब नेपालमा कृषि क्षेत्रको विकास हुनुपर्ने र आम सबै किसान, कृषि क्षेत्रका उद्योगमा सरकारको सहयोग रहनु पर्ने कुरामा ध्यान दिन अनुरोध गरे भने मोही ब्राण्डिङ गरि बजारमा ल्याउने नव प्रभात डेरी उद्योगलाई शुभकामना दिएका थिए ।