
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले अहिले आफूहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेको जिकिर गर्नुभयो । उहाँले माओवादीहरुलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमा राखेर अघि बढ्ने छलफल अघि बढिरहेको बताउनुभयो ।
महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्नेगरी अघि बढिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्