२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


ग्रेटर नेपाल पब्लिकेशनले मनायो आफ्नो १२औं बार्षिकउत्सव


247
Shares

काठमाडौं । ग्रेटर नेपाल पब्लिकेशनले शनिबार आफ्नो १२औं बार्षिकोत्सवको मनाएको आयोजना गरेको छ ।

बिगत १२ वर्षदेखि सञ्चार क्षेत्रमा सूचना प्रवाह गर्दै आएको ग्रेटर नेपाल पब्लिकेशनले एक कार्यक्रमको आयोजना गरि १२ औं बार्षिकउत्सव मनाएको हो ।

ग्रेटर नेपालले यो वर्ष ग्रेटर नेपाल मासिक पक्रिका प्रकाशनमा विशेष सहयोग पुर्याए बापत नेपाल वाणिज्य बैकलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्नु हुँदै ग्रेटर नेपाल महाअभियानका संस्थापक अध्यक्ष सुरेन्द्र ढकालले भारतबाट अंग्रेजÞहरु हट्ने क्रममा आफ्नो भुमी दाबी गर्न भनेका बेला स्वर्गीय राजा बिरेन्द्रले त्यसो नगरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा ग्रेटर नेपाल पब्लिकेशनका अध्यक्ष रामशरण पाण्डेले नेपाल बनाउन बर्तमान ब्यवस्था बाधक भएको भन्दै पहिले भ्रष्टाचारी किनार लगाउनुपर्ने बताउनुभयो ।

ग्रेटर नेपाल पब्लिकेशनले बिगत १२ बर्ष देखि ग्रेटर नेपाल नामक पत्रीका प्रकाशन गर्दै आइरहेको छ । पब्लिकेशनले हाल ग्रेटर नेपाल मासिक, नारी पाक्षिक, बिएन टिभी, युटुब च्यानल साथै विशाल नेपाल डटकम अनलाइन पोर्टल मार्फत विभिन्न सन्देश मुलक कार्यक्रम प्ररसारण तथा प्रकाशन गर्दै आइरहेको छ ।