३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


वुमन्स डे कप टी-२० को फाइनल आज


0
Shares

काठमाडौं । युगाण्डामा जारी चारदेशीय वुमन्स डे कप टी-२० को फाइनलमा आज घरेलु टोली युगान्डा र नामिबियाबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल आज बेलुकी नेपाली समय अनुसार पौने ५ बजे शुरु हुनेछ ।

लिग चरणमा आयोजक युगान्डाले छमध्ये चार र नामिबियाले तीन खेल जितेको थियो । यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जित निकालेको छ ।

नेपालले गत शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो । नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो यो खेल आज दिउँसो पौने १ बजे शुरु हुनेछ ।