
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयकहरू आइतबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो ।
प्रमाणीकरण भएका विधेयकहरुमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधनलाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक रहेको राष्ट्रपति कार्यालयको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्