४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


247
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् ¥याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्नेलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा रहेका स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ भने उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ ।