
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताकोप्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गर्नुभएको हो ।
सभापति देउवाले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै यसलाई जनताप्रति थप उत्तरदायि बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुक संघयितामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भएपनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको समेत सभापति देउवाको भनाइ छ । मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको समेत उल्लेख गर्नुभयो ।
सभापति देउवाले मुलुकको सम्प्रदायिक एकतालाई खल्बल्याउने काम भइरहेको भन्दै यसकाविरुद्ध सबै एकजुट हुन सकेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्