५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


सिन्धुलीमा कला संस्कृतिको संरक्षण र प्रदर्शन


221
Shares

सिन्धुली । सिन्धुली कला घरले लोप हुन लागेका नेपाली मौलिक कला संस्कृतिको संरक्षण गरिरहेको छ । सिन्धुलीको कला संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक प्रदर्शन गरी पर्यटनको प्रचार प्रसार र सामाजिक विकासमासमेत टेवा पुर्‍याइरहेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-२ अन्र्तगत पर्ने महाभारत पर्वत श्रृखलामा अवस्थित कला संग्राहलयको अध्ययन अवलोकन गर्न आउने पर्यटकहरुको संख्या बढदै जान थालेपछि कला संग्राहलयले आफ्नो कामलाई तिव्रता दिएको हो ।

नेपाली मौलिक कलाको संरक्षण गर्ने, कला सिर्जनाको आविस्कार केन्द्र तथा सांस्कृतिक विद्यालयको रुपमा विकास गर्ने, कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्य कला घरको रहेको छ । कलाघरले रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य समेत राखेको छ ।

कला घर सिन्धुलीको आयोजनामा नमुना कला संग्राहलय, सिन्धुली कलाघर घुम्न जाऔ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔ भन्ने नाराका साथ कलाघर महोत्सव सञ्चालन समेत गर्ने भएको छ ।