५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


सात राजनीतिक दललाई धोका नदिएको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो : अध्यक्ष दाहाल


5.421k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेल्नुभएको टिप्पणी गर्नुभयो । उहाँले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलार्य सहयोग गरेको बताउनुभयो ।

सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर अध्यक्ष दाहालको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पार्नुभएको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताउनुभयो । उहाँले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस शुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले उत्पीडित वर्ग समुदायमा चेतना बिस्तार भइरहेको बताउनुभयो ।