
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनका लागि मतदान भएको छ ।
विद्यार्थी संगठनहरुबीचको झडप र विवादका कारण दर्जन बढी क्याम्पसहरुमा यस अघि नै चुनाव स्थगित भएको छ । यता, ललितपुरको पाटन संयुक्त क्याम्पसमा मतदानकै बीचमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एमाले विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ ।
फर्जी मतदाताले मतदान गरेको भन्ने विवाद उत्पन्न भएपछि दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । कूटाकुटमा अनेरास्ववियुका चार कार्यकर्ता घाइते भएका छन् । एक जनाको परिचयपत्र देखाएरु सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद भएको थियो ।
कुटाकुटपछि पाटन क्याम्पसमा मतदान स्थगित भएको छ । अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले भने हार्ने निश्चित भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।
राजधानीकै रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियुले गए राती तालाबन्दी गरेको थियो भने अमृत साइन्स क्याम्पसमा सुरक्षा संवेदनशिलता देखिएको भन्दै चुनाव स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्