५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


खुला बजारमा वस्तुको भाउ व्यवसायीले नै तोक्छ : उद्योगमन्त्री भण्डारी


0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट व्यवसायीको पक्ष लिँदै खुला बजारको वस्तु भाउ व्यवसायीले नै तोक्ने बताउनुभएको छ ।

मंगलबार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले खुला बजारमामा वस्तुको भाउ उद्योगीले तोक्ने बताउनुभयो । उहाँले सरकारको काम उद्योगसँग सम्बन्धी कानूनी समस्याहरु हल गरिदिने मात्र रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले राष्ट्र बैंकले प्रत्येक महिना जारी गर्ने मुद्रास्फीति दरका आधारमा सिमेन्टको मूल्यमा वृद्धि गरिएको हुनसक्ने बताउनुभयो । उहाँले सिमेन्टको मूल्यवृद्धि गर्नुमा लोडसेडिङ लगायतका कारणहरु देखाउँदै राष्ट्र बैंकले तोकेको ब्यालेन्ससिटको आधारमा भन्दा बढी लिए मन्त्रालय एक्सन उत्रिने बताउनुभयो । मन्त्री भण्डारीले उद्योग पनि बच्ने र उपभोक्ताले सहज रुपमा सिमेन्टे समेत प्राप्त गर्ने वातावरण तयार गर्न मन्त्रालयले उचित समन्वय गर्ने बताउनुभयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले सिमेन्टको मूल्यवृद्धि गर्नुभन्दा पहिले त्यसको वैज्ञानिक कारणबारे छलफल गर्न व्यवसायीहरुसँग आग्रह गर्नुभयो । उहाँले व्यवसायीले एकतर्फि मूल्यवृद्धि गर्दा समाचारबाट जानकारी पाउनुपर्ने स्थिति रहेको बताउनुभयो ।

उहाँले सिमेन्टको मूल्य सधैं एउटै हुनुपर्छ भन्ने अपेक्षा उपभोक्ताले नराख्ने उल्लेख गर्दै त्यसको कारणबारे अगाडि नै छलफल गर्न जरुरी रहेको बताउनुभयो । घाटामा सिमेन्ट बेच्नुपरेको कारण मूल्यवृद्धि गरेभन्न नमिल्ने उहाँको भनाइ छ ।