
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ८ बजेदेखि कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल हुनेछ ।
त्यस्तै बिहान पौने ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्