६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


रोटरी इन्टरनेशनलको सम्मेलन हुँदै


0
Shares

काठमाडौं । नेपाल र भुटानमा क्रियाशील रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट ३२९२ को १७औं डिस्ट्रिक्ट सम्मेलन यही चैत ८ देखि १० गतेसम्म ललितपुरमा हुने भएको छ ।

सम्मेलनमा नेपालका १५७ र भुटानको एउटा रोटरी क्लवमा आवद्ध १२ सय जना रोटरियनहरु सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा रोटरियनहरुबीच ज्ञान तथा अनुभवनको आदान प्रदान, रोटरी क्लवहरुले सञ्चालन गरेका विभिन्न परियोजनाहरुको प्रगति र सामाजिक कार्यहरु गर्दा आइपरेका समस्याहरुको विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

क्लवको नयाँ नेतृत्व समेत चयन गरिने सम्मेलनमा विभिन्न देशबाट समेत रोटरियनहरु सहभागी हुने पनि आयोजकले जनाएका छन् ।