
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको १७ जिल्लाको ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्किएका १२ नेपाली महिलाको खर्च व्यवस्थापनमा सरकार उदासिन रहेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद गौतमले पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य बोकेर यात्रामा गएका महिलाहरुको खर्च व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले एक हजार सात सय लामो पदयात्रा विकटता तथा मौसमका कारणले चुनौतिपूर्ण रहेको भन्दै पदयात्रीको आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य गौतमले चैत ३ गते पदयात्राका लागि हिँडेका १२ महिला पदयात्रीहरुको दैनिक यात्रामा सबै प्रकारका सहयोग र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले पदयात्रीहरुको सफलतापछि नेपालले ठूलो उपलब्धि हासिल गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्