६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


ओली, देउवा र दाहाललाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भने – मृत भइसकेको राजतन्त्र अब फर्किंदैन


624
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताउनुभएको छ ।

बुधबार माईतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको बताउनुभयो । उहाँले राजतन्त्र समस्याको समाधान नभएको उहाँको टिप्पणी छ । उहाँले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छोटे राजाको संज्ञा दिँदै अहिलेसम्म देश र जनताको लागि कुनै काम नगरेको बताउनुभयो । उहाँले आफू सरकारमा भएसम्म सबै ठिक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने परिपाटी अहिलेका तीन नेताहरुले देखाउने गरेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले आयुर्वेदले पूर्ण उपचार गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई वैद्यरुपी टाउको भन्दै उनीहरु जति पटक दोहोरिएपनि देशको समस्या समाधान हुन नसक्ने बताउनुभयो ।