
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)मा जान नदिन एमालेले प्रस्ताव गरेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको बताउनुभयो । उहाँले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताउनुभयो । उहाँले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताउनुभयो ।
जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने सांसद गौतमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्