७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


प्रधानमन्त्री कप क्रिकेटमा आज लुम्बिनी-कर्णाली तथा पुलिस-बागमती भिडन्त


78
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

सिद्धार्थनगर रंगशालामा हुने खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्दा एक्स्ट्राटेक ओभलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबसँग खेल्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको पुलिस क्लब आज लगातार सातौं जित निकाल्न चाहन्छ ।

बुधबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । हिजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराउँदै मधेश प्रदेशले प्रतियोगितामा दोस्रो जित निकाल्यो । हारसँगै आर्मी क्लबको विजयी यात्रा टुंगिएको छ । हिजोको तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले पनि दोस्रो जित निकालेको छ ।

हिजोका खेलहरुपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेटको अंक तालिकामा ६ खेलबाट पुलिस क्लबको १२ अंक छ । समान खेलबाट १० अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लुम्बिनी प्रदेशको ८ अंक छ ।