
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीसँग फोनवार्ता गर्नुभएको छ ।
दुई नेताबिच रुस–युक्रेन युद्ध रोक्न संभावित युद्धविरामको प्रस्तावमाथि छलफल भएको बुझिएको छ । एक दिन अघिमात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नुभएका ट्रम्पले लगत्तै युक्रेनी समकक्षीसँग पनि फोनवार्ता गरेर युद्ध रोक्ने पहलकदमी लिनुभएको हो ।
स्थायी तथा दिगो शान्तिका लागि युद्धविराममाथि रुसले राखेको शर्तबारे ट्रम्प र जेलेन्स्कीबिच कुरा भएको अनुमान गरिएको छ । वार्तापछि जेलेन्स्कीले छिट्टै स्थायी शान्ति कायम हुने विश्वास दिलाउनुभयो ।
अमेरिकाको नेतृत्वमा यही वर्ष दिगो शान्ति कायम हुनेमा आफु आशावादी रहेको जेलेन्स्कीको भनाइ छ । ह्वाइट हाउसमा चर्काचर्की भएपछि जेलेन्स्की र ट्रम्पको यो पहिलो वार्ता हो ।
प्रतिक्रिया दिनुहोस्